We are OnePress | One Page | Responsive | Perfection
Morbi tempus porta nunc pharetra quisque ligula imperdiet posuere vitae felis proin sagittis leo ac tellus blandit sollicitudin quisque vitae placerat.
The theme is responsive, your website will look great on touch devices.
Parallax Effect
Create memorable pages with smooth parallax effects that everyone loves.
WooCommerce
Build a front page for your WooCommerce store in minutes.
Content Blocks
Change the sections contents, display each block exactly where you need it.
Section subtitle
About Us
We provide creative solutions to clients around the world,
creating things that get attention and meaningful.
पोखराबाट क्षेत्रीय उडान : तामझामका साथ उद्घाटन, दुई दिनमै बन्द
३ चैत, पोखरा । पोखराले लामो समयदेखि देखेको सपना हो, पोखरा–भद्रपुर उडान थाल्ने र दार्जिलिङ, सिक्किमका साथै भुटान र बंगलादेशका पर्यटनकलाई त्यही बाटो भएर पोखरा ल्याउने । पोखरा–भद्रपुर उडानले २५ फागुनमा सार्थकता पायो । त्यसको भोलिपल्ट पोखरा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा पोखराका व्यवसायीहरुको टोली भद्रपुर घुमेर फर्कियो ।
तर उडान सुरु भएको सुखी मनाइसक्दा नसक्दै बन्द भएको छ । सडक यात्रामा करिब २० घन्टा लाग्ने भद्रपुरमा ७० मिनेटमै पुग्ने गरी रात्रिकालीन उडान समेत गर्ने बुद्ध एयरको घोषणा ४ पनि टिकेन । ९ हजार ६८५ भाडादर तोकेको बुद्धले यात्रु नै नपाएको भन्दै उडान बन्द गरेको हो ।
देशका प्रमुख सहरलाई हवाइ सञ्जालमार्फत पोखरासँग जोड्ने र पर्यटकीय तथा आर्थिक विकासमा ठूलो उपलब्धि हात पार्ने भन्दै थालिएका धेरैजसो उडान यसरी नै असफल भएका छन् । मुख्यमन्त्रीदेखि मेयरसम्मले जहाज चढेर तामझामले थालिएका अधिकांश उडान केही समयमै बन्द भएका छन् ।
पोखराबाट काठमाडौं, चितवन, भैरहवा, नेपालगञ्ज, मुस्ताङमा भने नियमित उडान भइरहेको छ ।
यसबाहेक पोखराबाट मनाङ, विराटनगर, सिमरा, जनकपुर र धनगढी उडान यसैगरी तामझामका साथ थालिएको थियो । तर कतिपय ठाउँमा उद्घाटनकै दिन बाहेक जहाज गएन भने कतिपय ठाउँमा केही उडानमै रोकिए । हचुवाको भरमा उडान थालनी गर्ने, तर पर्यटन भित्राउने कार्यक्रम नबनाउने गर्दा पोखराको हवाइ सञ्जाल विस्तारै मजाक बनेको व्यवसायी गणेशबहादुर थापा बताउँछन् ।
पोखरा–मनाङ नियमित उडान गर्ने भन्दै पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्साल, संघीय सांसद पोल्देन छोपाङ गुरुङसहित १५ जनाको टोली समिट एयरमा पोखरादेखि मनाङ पुगे । पक्की धावनमार्ग बनेसँगै बन्द हुम्डे विमानस्थलमा मनाङमा २७ भदौ २०७६ मा जहाज पुग्दा मनाङवासीले खुसीयाली मनाए । तर त्यसयता नियमित उडान त परेको कुरा, यात्रु बोकेर एउटा पनि जहाज मनाङ विमानस्थल पुगेको छैन ।
यस्तै २० माघ २०७६ मा बुद्ध एयरले पोखरा–विराटनगर नियमित उडान सुरु गरेको थियो । भारतीय नाका हुँदै विराटनगरबाट पोखरामा आउने पर्यटकको संख्यामा वृद्धि हुने दाबी गरिएको थियो । तर पोखराले उल्टो घाटा बेहोरेको बताउँछन्, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गोपीबहादुर भट्टराई ।
१७ भदौ २०७८ मा बुद्ध एयरले पोखरा–सिमरा उडान थाल्यो । नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको अगुवाइमा भएको पहिलो उडानमा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पर्यटनमन्त्री मणिभद्र शर्मासहित १८ जना यात्रु सिमरा पुगेर फर्किए ।
तर पोखरा–सिमरा उडानले निरन्तरता पाएन । फागुन २०७८ मा पोखरा–जनकपुर र पोखरा धनगढी उडान सुरु भयो । प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरुको टोली पहिलो उडानमा गए, फर्किए । कृष्णचन्द्र नेपाली पोखरेल सरकारले पोखरा–जनकपुर उडान नियमित भएको भन्दै प्रमुख उपलब्धिका रुपमा किताबमै प्रकाशित गर्यो । तर बुद्ध एयरले यात्रु नै नपाएको भन्दै उडान रोक्यो ।
धुमधामले उडान थाल्ने, केही दिनमा वाहवाही बटुल्ने, तर नियमित उडान भर्न न सरकारी निकायले गरेको देखियो न निजी क्षेत्रले । अध्ययनबिना धेरैजसो उडान थाल्ने बुद्ध एयर र सरकारमाथि नै प्रश्न तेर्सिएको पर्यटन व्यवसायी भट्टराईले बताए ।
‘गृहकार्य र समन्वयविना उडान थाल्ने तर लगत्तै बन्द भइहाल्ने हुँदा यसले निराशामात्र थपेको छ,’ भट्टराईले भने, ‘सरकार, व्यवसायी र हवाइ कम्पनी पनि जोडिएर उडान थाल्ने र छोड्ने गर्दा पोखराको हवाइ विस्तार नै बद्नाम हुन थाल्यो ।’ व्यवसायीले पनि प्रवर्धनात्मक कार्यक्रमहरु ल्याउन नसकेको उनले सुनाए ।
हवाइ कम्पनीले आथिर्क रुपमा सम्भाव्य भए नभएको नहेर्ने र सरकार पनि चर्चामा मात्र लाग्ने गर्दा यस्तो भएको व्यवसायी गणेबहादुर थापा बताउँछन् । ‘पोखराको पर्यटन उद्योगलाई नै नकरात्मक असर गर्ने गरी आज उडान भर्ने र १/२ दिनमै बन्द गर्ने काम भइरहेको छ’, उनले भने, ‘नयाँ क्षेत्रमा उडान गर्दै गर्दा व्यापारिक योजनाहरु केके छन् ? यात्रुको सम्भाव्यता के छ हेर्नुपर्यो । एउटा एयरलाइन्सले उडान बन्द गर्दै गर्दा नयाँ आउनेलाई पनि असर गर्छ ।’
बुद्ध एयर, पोखराका स्टेसन म्यानेजर गौतम बराल भने यात्रु नहुँदा खाली खाली जहाज उडाउन नसकिने बताउँछन् । अध्ययन नै नगरी किन उडान थालिए त भन्ने प्रश्नमा उनीसँग कुनै जवाफ छैन । बरु, यात्रु नभएकाले मार्केटिङ कम भयो कि भनेर तत्काललाई बन्द गरिएको र फेरि सुरु गर्न छलफल भइरहेको बताउँछन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतम उडान नियमित बनाउन सबैले भूमिका खेल्नुपर्ने बताउँछन् । ‘एयलाइन्सले सम्भावना हेर्छ, र उडान थाल्छ । सरकारले प्रवद्र्धनका कार्यक्रम गर्र्ने हो, तर आर्थिक विश्लेषण गर्नबाट चुकेका छौं’, उनले भने, ‘जुन जुन निकाय एभिएसनमा संलग्न छौं, सबैले ध्यान दिनुपर्ने हो ।’
विनातयारी र अध्ययनविना किन उडान थालियो त भन्ने प्रश्नमा गौतमले प्रदेश, स्थानीय, केन्द्र सरकार र निजी क्षेत्र बसेर तयारी नथालिएकाले बन्द भएको बताउँछन् । उनले अघि भने, ‘प्रमोसनकै प्रोब्लम हो । आजकै मितिमा हेर्ने हो भने काँकडभित्ताबाट १२ देखि १५ वटा गाडी पोखरा आइरहेका छन् तर त्यसको ५ प्रतिशतलाई पनि ल्याउन सक्दा त एउटा जहाज चल्थ्यो ।’
Section subtitle
Our Services
Service Title #1
Morbi in sem quis dui placerat ornare. Pellentesque odio nisi euismod in pharetra a ultricies.
Service Title #2
Morbi in sem quis dui placerat ornare. Pellentesque odio nisi euismod in pharetra a ultricies.
Service Title #3
Morbi in sem quis dui placerat ornare. Pellentesque odio nisi euismod in pharetra a ultricies.
Service Title #4
Morbi in sem quis dui placerat ornare. Pellentesque odio nisi euismod in pharetra a ultricies.
३ चैत, पोखरा । पोखराले लामो समयदेखि देखेको सपना हो, पोखरा–भद्रपुर उडान थाल्ने र दार्जिलिङ, सिक्किमका साथै भुटान र बंगलादेशका पर्यटनकलाई त्यही बाटो भएर पोखरा ल्याउने । पोखरा–भद्रपुर उडानले २५ …
Headings Header one Header two Header three Header four Header five Header six Blockquotes Single line blockquote: Stay hungry. Stay foolish. Multi line blockquote with a cite reference: People think …
Default This is a paragraph. It should not have any alignment of any kind. It should just flow like you would normally expect. Nothing fancy. Just straight up text, free …
Dorem ipsum dolor sit amet, consectetur adipiscing elit. Suspendisse pulvinar scelerisque dictum. Donec iaculis, diam sit amet suscipit feugiat, diam magna volutpat augue.
Consectetur adipiscing elit. Suspendisse pulvinar scelerisque dictum. Donec iaculis, diam sit amet suscipit feugiat, diam magna volutpat augue.